आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सिरियाका पूर्व राष्ट्रपति बसर अल असद मस्कोमा, रुसले शरण दिने

सिरियाका पूर्व राष्ट्रपति बसर अल असद मस्कोमा, रुसले शरण दिने


  • Dhorpatan News
  • मंसिर २४ २०८१, सोमबार

काठमाडौं/सिरियाका पूर्व राष्ट्रपति बसर अल–असद दमास्कसबाट भागपछि मस्कोमा पुगेको रुसी सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । रुस असदको सत्ताको प्रमुख साझेदार रहेको थियो। सिरियाका पूर्व राष्ट्रपति र उनको परिवारले त्यहाँ शरण लिएका विवरण आएका छन् ।
विद्रोही समूह एचटीएसले यसै सप्ताहान्तमा देशको राजधानीमा कब्जा जमाएको थियो। यसअघि उक्त समूहका नेता अबु मोहम्मद अल–जुलानीले दमास्कसको मस्जिदमा खुसीयाली मनाइरहेको एउटा भीडलाई समर्थन गरेका थिए ।
त्यसअघि सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल–असदबाट सिरिया “मुक्त“ भएको घोषणा गरेका थिए । विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको थियो र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका थिए ।
रुसी रक्षामन्त्रीले राष्ट्रपति असदले देश छाडेको बताएका थिए । असदले एक विमानमार्फत् दमास्कस छाडेको विवरण आए पनि उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको थिएन । सिरियाको विद्रोही फौजले पनि राष्ट्रपति असद देश छाडेर भागेको बताएको थियो । असदको २५ वर्ष लामो शासनको अन्त्यलाई कैयौँ पश्चिमा राष्ट्रहरूले स्वागत गरिरहेका छन् ।
सामाजिक सञ्जालमा देखा परेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ ।
विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई पूर्ण रूपबाट स्वतन्त्र पारेको बताएको केही घण्टामा उनीहरू राजधानी प्रवेश गरेका थिए । विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो । –बीबीसी

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->