आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लिटल फ्लावरले गर्यो खेलाडीको सम्मान

लिटल फ्लावरले गर्यो खेलाडीको सम्मान


  • ढोरपाटन संवाददाता
  • पुष १ २०८१, सोमबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीले नेशनल प्याब्सन कास्कीको गत साता सम्पन्न १४औं खेलकुदक महोत्सवमा विभिन्न विधामा उत्कृष्टता देखाउन सफल आफ्ना विद्यालयका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा खेलाडीहरु तथा प्रशिक्षकलाई सम्मान गर्दै प्रिन्सिपल बिकल पौडेलले पढाइसगै खेलकुदको माध्यमले विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने धारणा राखे । विद्यालयकी संस्थापक एवम् सञ्चालक अध्यक्ष देवी खड्का, कक्षा ११, १२ संयोजक बिष्णुहरि पौडेल, अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने, सञ्चालक रामप्रसाद अधिकारी, हेमा पुन, शिक्षक रामभक्त खनाल लगायतले खेलाडीहरु तथा प्रशिक्षकलाई सम्मान गरेका हुन् ।

खेलाडीहरुले सामुहिक सहभागितातर्फ भलिवलमा द्धितीय,क्रिकेटमा तृतीय, प्लस टु फुटसलमा तृतीय, एथलेटिक्सतर्फ समग्रमा तृतीय ,ब्याडमिन्टन डबल्समा द्धितीय स्थान हाँसिल गरेका थिए । यस्तै रिले र दौड, लङ्गजम्पमा विजयी भएका थिए । कार्यक्रममा सामुहिक सहभागितातर्फका खेलाडीहरुले विकासका लागि विद्यालयलाई ट्रफी हस्तान्तरण गरका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->