पोखरा/ पोखरामा मुख स्वास्थ्य सेवाको लागि महत्वपूर्ण प्रगति गर्दै कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साईन्सेस तथा कान्तिपुर डेण्टल हस्पिटलले अत्याधुनिक कोन बीम कम्प्युटेड टोमोग्राफी सीबीसीटी स्क्यान मेसिन जडान गरेको छ । यसले मुख स्वास्थ्य सेवाहरुको सटीकता र दक्षता बढाउँदै दन्त निदानमा कोसेढुङ्गा सावित हुने हस्पिटलले जनाएको छ ।
सीबीसीटी स्क्यान मेसिनले दाँत, मुख र गिजाको विस्तृत, स्पष्ट, व्यापक दृश्यहरु प्रदान गर्ने भएकाले दन्त चिकित्सकहरुलाई मुख स्वास्थ्य अवस्थाहरुको निदान गर्न, दन्त प्रत्यारोपणको योजना बनाउन र दाँत हड्डीको घनत्व र अन्य मुख स्वास्थ्यमा देखिने असामान्यताहरु जस्तै ःट्युमर, सिस्टहरु पत्ता लगाउन मद्यत गर्ने जनाईएको छ । यो ३डी एक्सरे मेशिन हो । कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साईन्सेस तथा कान्तिपुर डेण्टल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रतिकमान श्रेष्ठले यो सीबीसीटी स्क्यान मेसिनको जडानले पोखरामा मुख स्वास्थ्य सेवामा ठूलो परिवर्तन ल्याउने बताए । ‘मेसिनले विश्वस्तरीय निदान सेवाहरु प्रदान गर्दछ साथै हाम्रा बिरामीहरुको उपचारको गुणस्तर बृद्धि हुनेछ’ उनले भने, ‘यसको प्रक्रिया पीडा रहित, छिटो छरितो र सुविधाजनक छ ।’
कान्तिपुर डेण्टल हस्पिटलले २५ बर्ष देखि पोखराका जनताका लागि मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा गुणस्तरिय र भरपर्दो सेवा प्रदान गर्दै आएको छ । सीबीसीटी स्क्यान मेसिनले समुदायलाई थप अत्याधुनिक प्रविधि र आधुनिक स्वास्थ्य सेवा समाधानहरु प्रदान गर्न आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको उनले बताए । यस प्रविधिले दन्त प्रत्यारोपण, जरादेखीको उपचार र मुख तथा दन्त रोगको मुल्यांकन जस्ता जटिल प्रक्रियाहरु आवश्यक पर्ने बिरामीहरुलाई फाइदा पु¥याउनेछ । सीबीसीटी स्क्यान मेसिनले एक्सरे र सीटी स्क्यान भन्दा कम विकिरण प्रयोग गर्दछ र दाँत, मुख र गिजाको स्पष्ट छवि दिन्छ । यसलाई नाक, कान घाँटीसँग सम्बन्धित अवस्थाको निदान गर्न पनि प्रयोग गर्न सकिन्छ । यस्तो सेवा गण्डकी प्रदेशमै पहिलो रहेको जनस्वास्थ्य अधिकृत अमन केसीले बताए ।





