बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने एचपिभी खोप नेपाल आईपुग्यो

पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने एचपिभी खोप नेपाल आईपुग्यो

एचपिभी खोप लगाउँदा एचपिभीको सङ्क्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०८१, बिहिबार

काठमाडौं/सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप ल्याएको छ । एचपिभी अभियानका लागि पहिलो पटक खोप ल्याइएको हो । आगामी माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुने अभियानका लागि चार लाख ६० हजार ९४० मात्रा खोप नेपाल ल्याइएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतमले खोप आएको पुष्टि गर्दै यस पटकको एचपिभी खोप अभियानमा १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ जना किशोरीले निःशुल्क खोप पाउने जानकारी दिनुभयो । उहाँले विद्यालयमा समेत खोप अभियान सञ्चालन हुने बताए ।
डा. गौतमका अनुसार, ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्रान्डको खोप आएको हो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखाका भ्याक्सिन तथा कोल्डचेन एकाइ प्रमुख सञ्जीव कट्टेलले एचपिभी खोप अभियानका लागि कुल १७ लाख ७० हजार २० भाइल खोप आउने जानकारी दिए । बाँकी खोप आगामी १० जनवरीभित्र आइसक्ने छ भने एचपिभी खोपलाई प्रदेशस्थित आपूर्ति केन्द्रहरूमा पठाइने छ ।
डा. गौतमले किशोरीलक्षित यो कार्यक्रम विद्यालय केन्द्रित हुने भएकाले १८ हजार ९ सय वटा विद्यालयलाई यो खोपका लागि केन्द्र तोकिएको जानकारी दिए । विद्यालयबाहेकका स्वास्थ्य संस्थामा पनि खोप अभियान सञ्चालन हुने छ ।
खोप अभियानमा २७ हजार ८० जना स्वास्थ्यकर्मी, ५४ हजार १ सय ६० जना स्वास्थ्य स्वयंसेवक, १५ हजार ६ सय ७४ जना सुपरीवेक्षक परिचालन गरिने छ ।
नेपालमा वार्षिक दुई हजार नेपाली महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ । एचपिभी खोप लगाउँदा एचपिभीको सङ्क्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->