बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

विमाको औषधि पाईदैन, स्वास्थ्यकर्मीको बोली रुखो

विमाको औषधि पाईदैन, स्वास्थ्यकर्मीको बोली रुखो


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०८१, आइतबार

म्याग्दी/नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजना र बेनी अस्पताल म्याग्दीसँगको समन्वयमा अस्पताल प्राङ्गणमा नागरिकसँग पत्रकार कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको सेवा प्रवाह र निर्माणाधीन ५० शैया क्षमताको भवनसहित समग्र पक्षलाई लक्षित गरेर जिल्लामा पहिलोपटक नागरिकसँग पत्रकार कार्यक्रम अन्तर्गत सार्वजनिक बहस गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बेनी अस्पतालको निर्माणाधीन भवनको निर्माणकार्य सक्नको लागि पछिल्लोपटक गरी ४ पटकसम्म म्याद थपिएकाले आउँदो चैत मसान्तसम्म जसरी पनि भवन निर्माणको कार्यलाई पूर्णता दिन सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङलाई निर्देशन दिए । उनले कार्यालयका सव–इन्जिनियर हरिशंकर रजकमार्फत दैनिक पाँचलाख रुपैयाँको हिसाबले भवन निर्माणको कार्यप्रगति हुने गरी निर्माणलाई तीव्रता दिन र आवश्यक सहजीकरण गर्न सुझाव दिए ।
कार्यक्रममा आफ्नो कार्यकालमा भए गरेका काम तथा योजनाहरुको बारेमा प्रस्तुतीकरण गर्दै बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले अस्पतालमा अहिले डेन्टिससहित ७ जना कन्सल्टेन्ट डाक्टर तथा १२ जना मेडिकल अधिकृत डाक्टरहरु कार्यरत रहेको बताए । विगत एक वर्षदेखि बेनी अस्पतालमा ओपिडी सेवा विस्तार गरेर हरेक दिन बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म नागरिकलाई सेवा पु¥याउनुका साथै पछिल्लोपटक बेनी अस्पतालमा फिजियोथेरापी सेवा थप गरी सञ्चालन भैरहेको छ ।
अध्यक्ष सुवेदीले आफ्नो कार्यकालमा बेनी अस्पतालको सेवा प्रवाहमा सुधार गर्नुका साथै जिल्लाको दुरदराजका स्थानीयवासीलाई लक्षित गरेर ओपिडी सेवा विस्तार गरिएको हुँदा राहत मिलेको बताए । ५० शैया क्षमताको निर्माणाधीन भवनको निर्माणकार्य अन्तिम चरणमा पुगेको हुँदा अब छिटै भवनको बाँकी काम सकेर हस्तान्तरण हुने अपेक्षा समेत गरेका थिए । साथै नागरिकसँग पत्रकार सार्वजनिक बहसमा सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाको समेत अध्यक्ष सुवेदीले जवाफ दिए ।
कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका पूर्व उपसभापति तथा बेनी अस्पतालका पूर्व अध्यक्ष माधवप्रसाद रेग्मी,नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले अस्पतालको निर्माणाधीन भवनलाई अब थपिएको समयमै सक्नुपर्ने बताउँदै स्वास्थ्य बिमाको सेवालाई प्रभावकारी बनाएर सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
कार्यक्रममा बेनी अस्पतालका कन्सल्टेन्ट डाक्टर नितेश श्रेष्ठ, सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङका सव–इन्जिनियर हरिशंकर रजक, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आ–आफ्नो धारणासहित सहभागीहरुले उठाएका जिज्ञासाको समाधान गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, नेकपा माओवादी केन्द्र बेनी नगरका सचिव ओम रोका, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय म्याग्दीका प्रमुख सविन श्रेष्ठ, जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश श्रेष्ठ, बेनी नगरपालिका वडानम्बर ७ का कार्यवाहक वडा अध्यक्ष सोहन श्रेष्ठ (विश्वास), ८ नम्बर वडाका कार्यवाहक वडाध्यक्ष यामबहादुर बानियाँ, स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत रेजिना बरुवाल लगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रम पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण शर्माको अध्यक्षता, उपाध्यक्ष अमित विश्वकर्माको स्वागत र सहसचिव प्रताप बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । पत्रकार महासंघ म्याग्दीले मानवको स्वास्थ्यसँग प्रत्यक्ष रुपमा जोडिएको अस्पतालको सेवा प्रवाहलाई लिएर पहिलोपटक सार्वजनिक बहसको कार्यक्रम आयोजना गरेको हो । आगामी दिनमा पनि महासंघले विविध क्षेत्रका विषयहरुलाई समेटेर नागरिकसँग सार्वजनिक बहस कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->