बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

आइएसएमटी कलेजको आइटी प्रदर्शन

आइएसएमटी कलेजको आइटी प्रदर्शन


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०८१, मंगलबार

काठमाडौं/ काठमाडौंको तीनकुने गैरीगाउँस्थित इन्टरनेशनल स्कुल अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी (आइएसएमटी) कलेजले हालै आइटी अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न प्रोेजेक्टहरुको आइएसएमटी एक्स्पोमार्फत प्रदर्शनी सम्पन्न गरेको छ । यही डिसेम्बर १९ र २० तारिखका दिन गरिएको एक्स्पोमा रोबोट, गेमिङ, लाई डिटेक्टर, फ्री डिटेक्टर लगायत विभिन्न २० वटा प्रंोजेक्टहरुको प्रदर्शनी गरिएको कलेजका बिजनेस डेभलपमेन्ट हेड बासुदेव वस्तीले बताए ।

विद्यार्थीलाई डिग्री मात्र उपलब्ध गराउने नभई सबल र सक्षम बनाउनुका साथै उनीहरुलाई प्रोत्साहन गर्न र उनीहरुको क्षमतालाई प्रदर्शन गर्न यो एक्स्पो आयोजना गरिएको कलेजले जनाएको छ । एक्स्पोको कांग्रेस नेता डा. शशांक कोइराला, नेकपा एसकी नेतृ रामकुमारी झाँक्री, उदयशमशेर राणा, रमेश खरेललगायत समाजका प्रतिष्ठित व्यक्तिहरुले अवलोकन गरेका थिए । साथै विद्यार्थीसँग उनीहरुको प्रोजेक्टको बारेमा अन्तरक्रिया गर्दै विद्यार्थीको उज्वल भविष्यको कामना पनि गरेका थिए । कार्यक्रममा विभिन्न कलेजका शिक्षक, कर्मचारी, विद्यार्थी लगायत चारहजार भन्दा बढी व्यक्तिहरुले अवलोकन गरेका वस्तीले बताए ।

आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, बिराटनगर र बुटवलमा सुन्दरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा कलेज संचालन गर्दै आएको छ । ती कलेजमा बिबिए, (बिजनेस एन्ड म्यानेजमेन्ट), बिएचएम, बिएस्सी, आइटी (सीएसई), बिएससी (एचओएनएस) साइबर सेक्युरिटी एन्ड डिजिटल फर।ेन्सिक र एमबीए कार्यक्रमको पढाई हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->