बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सामाजिक विकास कार्यालय तनहुँको नयाँ भवनको मन्त्री थापाद्वारा उद्घाटन

सामाजिक विकास कार्यालय तनहुँको नयाँ भवनको मन्त्री थापाद्वारा उद्घाटन


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०८१, आइतबार

तनहुँ/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुदमन्त्री विन्दुकुमार थापाले तनहुँ जिल्लाको सामाजिक विकास कार्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् । उनले सामाजिक विकासको क्षेत्रमा कार्यालयले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

मन्त्री थापाले स्थानीयस्तरमा सहज, प्रभावकारी र पारदर्शी सामाजिक सेवाको विस्तारका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले कार्यालयले शिक्षा, सामाजिक सुरक्षा, महिला सशक्तिकरण, खेलकुद र युवाहरूका लागि रोजगारीका अवसरहरू सिर्जनामा योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले कार्यालयमा सेवा प्रवाह चुस्तदुरुस्त बनाई जनतासँग प्रत्यक्ष रुपमा जोडिन निर्देशन समेत दिएका छन् । ‘कार्यालय भवन निर्माण गरेर मात्रै हुँदैन । नागरिकको सेवालाई सहज बनाउन आवश्यक छ । सेवा प्रवाहमा कमी नहोस्’, उनले भने । प्रदेश सरकार स्थानीय तहहरुसँग समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता उनको थियो ।

गण्डकी प्रदेशका सांसद जीतप्रकाश आलले सामाजिक विकास कार्यालयले सामाजिक बनोटमा समेत ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । सामाजिक संरचना राम्रो भए समाज राम्रो हुने बताउँदै पछाडी परेका वर्गहरुका लागि समेत सेवा प्रवाह सरल हुनुपर्नेमा उनले जोड दिए । अर्का प्रदेश सांसद अशोककुमार श्रेष्ठले नयाँ सोचका साथ विकास निर्माणका सेवा प्रवाहमा लाग्न अनुरोध गरे ।  जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तीरमण वाग्लेले मानवीय र सामाजिक क्षेत्रको विकास नै आजको आवश्यकता रहेको बताए । सामाजिक विकास कार्यालय तनहुँको नवनिर्मित भवनबाट शिक्षा, संस्कृति र खेलकुदको क्षेत्रमा सेवा प्रवाह गर्न ठूलो सहयोग पुग्ने विश्वास उनको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक र शिक्षा क्षेत्रलाई सुधार गर्न उक्त कार्यालय प्रभावकारी बन्ने उल्लेख गरे । स्थानीय तहसङ्ग मिलेर योजना अगाडि बढाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । भौतिक संरचना सङ्गै सेवामा स्थानीय तह पनि मिलेर काम गर्न इच्छुुक रहेको भनाई उनको छ ।  तनहुँका प्रमुुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले भौतिक संरचनासँग सेवा प्रवाह समेत स्मार्ट हुन आवश्यक रहेको बताए । ‘राम्रा भवन राम्रा सवारीमा हिडेर मात्र भएन, सेवा प्रवाहमा गुणस्तरीयता आउनुपर्यो’, उनले भने । कार्यक्रममा तनहुँका स्थानीय जनप्रतिनिधिहरू, समुदायका अगुवाह र विभिन्न क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सामाजिक विकास कार्यालयले बालबालिका, महिला, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूको सेवामा प्राथमिकता दिँदै आएको छ ।

सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सामाजिक विकास कार्यालय तनहुँका प्रमुख बिदुरहरि आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->