बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनीको घतानमा नसर्ने रोगहरुको स्क्रिनिङ शिविर

बेनीको घतानमा नसर्ने रोगहरुको स्क्रिनिङ शिविर

स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले अहिले प्रदेश सरकारले स्थानीय पालिकाहरूको समन्वयमा नसर्ने रोगहरूको समुदायस्तरमै गएर खोजी गरी नागरिकलाई स्वास्थ्य पहुँच पुर्याउने अभियान चलाइरहेको जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०८१, मंगलबार

म्याग्दी/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले समाजमा नसर्ने रोगको जोखिम बढिरहेको बताउँदै त्यसको न्यूनीकरणका लागि प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । बेनी नगरपालिका ९ घतानमा सोमबारदेखि आयोजना भएको नसर्ने रोगहरूको बृहत स्क्रिनिङ शिविरको उद्घाटन गर्दै मन्त्री पाठकले विकासोन्मुख देशको प्रमुख समस्याको रूपमा नसर्ने रोगको प्रकोप बढिरहेको बताए ।
उनले अहिले प्रदेश सरकारले स्थानीय पालिकाहरूको समन्वयमा नसर्ने रोगहरूको समुदायस्तरमै गएर खोजी गरी नागरिकलाई स्वास्थ्य पहुँच पुर्याउने अभियान चलाइरहेको जानकारी दिए ।
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच नपुग्नु र नागरिक पनि सचेत नहुँदा नसर्ने रोगीहरूको संख्या उल्लेख्य भएको बताउँदै मन्त्री पाठकले त्यसको निराकरणमा प्रदेश सरकारले काम गरिरहेको बताए । अत्याधुनिक एआइ एक्सरे मेसिनमार्फत समुदायस्तरमै पुगेर छाती रोगको पहिचान गरी नागरिकलाई उपचारमा सहजीकरण गरिरहेको उनको भनाई थियो ।
बेनी नगरपालिकाका नगरप्रमुख सुरज केसीले जेष्ठ नागरिक र ‘क’ वर्गका अपाङ्गता भएका नागरिकहरूको घरघरमै पुगेर स्वास्थ्य जाँच गर्ने काम नगरपालिकाले समेत गरिरहेको जानकारी दिए । प्रत्येक महिनाको १५ गते नसर्ने रोगको स्क्रिनिङ शिविर नगरपालिकाले सञ्चालन गर्दै आएको केसीले बताए ।
उद्घाटन कार्यक्रम वडा अध्यक्ष चक्र केसीको अध्यक्षता, बेनी नगरपालिकाका उप–प्रमुख ज्योति लामिछानेको स्वागत र बेनी नगरपालिका स्वास्थ्य शाखाका लिला गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
शिविर गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा बेनी नगरपालिका र बेनी अस्पतालको सहकार्यमा सञ्चालन गरिएको हो । शिविरमा संकलित नमुना बेनी अस्पताल र धौलागिरी अस्पताल बागलुङमा परीक्षण गरी बिरामीहरूको पहिचान गरिने बेनी अस्पतालका मेडिकल सुपरटेन्डेन्ट डा. रविरञ्जन प्रधानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->