बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

चिनियाँ भाषा प्रशिक्षार्थीलाई नगद पुरस्कार

चिनियाँ भाषा प्रशिक्षार्थीलाई नगद पुरस्कार


  • ढोरपाटन संवाददाता
  • पुष १६ २०८१, मंगलबार

पोखरा/पोखरा गैह्रापाटनस्थित कुमुदिनी होम्सका तीनजना विद्यार्थीले चिनियाँ भाषा प्रशिक्षण केन्द्र काठमाडौंबाट दुई लाखको छात्रवृत्ति प्राप्त गरेका छन् ।
स्वीकृत भण्डारी कक्षा ५ ए, प्रतिष्ठा केसी कक्षा ७ ए र संस्कृति गैह्रे कक्षा ६ सी सेक्सनकी रहेको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए ।
कुमुदिनीकी प्रतिष्ठा केसीले प्रथम स्थान हासिल गरेर एक लाख, उनीहरुसहित पोखराका ११ वटा विद्यालयका प्रत्येकका तीन तीनजना विद्यार्थीले छात्रबृत्ति पुरस्कार पाएका हुन् दोस्रो भएका स्वीकृत भण्डारी र संस्कृति गैहेले जनही ५० हजार पाउन सफल भएका छन् ।
उक्त केन्द्रले नेपालका ६९ वटा विद्यालय, कलेजमा चाइनिज भोलन्टेयरबाट चाइनिज भाषाको कक्षा संचालनमा सघाउ पु¥याइरहेको छ ।
पोखरामा कुमुदिनी होम्स, छिनेडाँडामा रहेको नेपालको पहिलो होटल म्यानेजमेन्ट कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, सिर्जना मावि, प्रतिभा मावि, बालमन्दिर, राष्ट्रिय मावि, छोरेपाटन मावि, लक्ष्मी आदर्श मावि लेखनाथ, गौरीशंकर मावि हेम्जा, जनप्रिय मावि, जनप्रकाश मावि भण्डारढिक रहेका छन् । सबै विद्यालयका ३३ जना विद्यार्थीका लागि कुल १९ लाख ८० हजार प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->