बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष

कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष


  • ढोरपाटन संवाददाता
  • पुष १७ २०८१, बुधबार

पोखरा/पोखरा महानगरपालिका वडा नं ३२ मजुुवा स्थित कालिका आधारभुुत विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको छात्रबृत्ति अक्षयकोष स्थापना भएको छ ।
विद्यालयमा बुधबार आयोजित एक समारोहका बीच पोखरा महानगरपालिका वडा नं १६ तल्लो दीप जोगिमणि मार्ग निवासी धनबहादुर थापाले अक्षयकोष रकम हस्तान्तरण गरेका हुन् ।
उक्त रकमको व्याजबाट वार्षिक रुपमा विद्यालयमा वर्ष उत्कृष्ट विद्यार्थीका साथै विद्यालयमा विशिष्ट योगदान गर्ने सामाजिक व्यक्तित्वाई पुरस्कृत तथा सम्मानित गरिने कार्यक्रममा जानकारी गराइयो ।
सहयोग हस्तान्त्रण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर गुुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष मोहनकुुमार प्रधान, विद्यालयका प्रधानाध्यापक द्रोणराज सुवेदी, पूर्व प्रधानाध्यापक विष्णुुबहादुर बस्नेत लगायतको उपस्थिति थियो ।
अक्षयकोष सहयोगी दाता थापाले यसअघि पनि विभिन्न संघ संस्थामा सहयोग गर्दै आएका छन् । उनी शिक्षासेवीसँगै सफल व्यवसायी पनि हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->