बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

माओबादी केन्द्रः तनहुँमा सवैपालिकामा सकियो अधिवेशन, भिमादको अध्यक्षमा सिग्देल

माओबादी केन्द्रः तनहुँमा सवैपालिकामा सकियो अधिवेशन, भिमादको अध्यक्षमा सिग्देल


  • ढोरपाटन संवाददाता
  • पुष २१ २०८१, आइतबार

तनहुँ/ नेकपा माओबादी केन्द्र भिमाद नगर कमिटीको अध्यक्षमा पुन अमृत सिग्देल निर्वाचित भएका छन् । शनिबार भिमाद नगरपालिका १ किहुँ बडहरभञ्ज्याङ्गमा सम्पन्न भएको नगर कमिटीको दोस्रो अभिवेशन मार्फत सिग्देलको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन गरिएको माओबादी केन्द्रका जिल्ला संयोजक ओमराज आले (मदन) ले जानकारी दिए ।

नगर कमिटीको उपाध्यक्षमा मौषम गैह्रे, दशरथ गैह्रे, तिर्थ सिग्देल, सचिवमा दिनेश सिग्देल सहसचिवमा हुमनाथ सिग्देल र कोेषाध्यक्षमा प्रमिला थापा चयन भए । जिल्ला संयोजक आलेले शनिबार भिमादमा खबरदारी सहित सम्पन्न भएको नगर कमिटीको अधिवेशनसँगै जिल्लाका १० वटै पालिकामा अधिवेशन सम्मन्न भएको बताए ।  पालिका अधिवेशन मार्फत ब्यास नगरपालिकामा गोपाल सुर्खाली, शुक्लागण्डकी नगरपालिका शरण सापकोटा, भानु नगरपालिकामा भरत थापा, ऋषिङ्ग गाउँपालिकामा डम्वर वि.क, घिरिङ्ग गाउँपालिकामा चुननारायण श्रेष्ठ, म्याग्दे गाउँपालिकामा बालकृष्ण श्रेष्ठ, बन्दिपुर गाउँपालिकामा धुर्वप्रसाद लामिछाने, आँबुखैरेनी गाउँपालिकामा खगराज गौली र देवघाट गाउँपालिकामा भुवन सिं गुरुङ्गको अध्यक्षतामा कमिटी गठन भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->