बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आयुर्बेद उपचारले जनतामा विश्वास जगाउँदै छ : मन्त्री पाठक

आयुर्बेद उपचारले जनतामा विश्वास जगाउँदै छ : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • पुष २७ २०८१, शनिबार

पोखरा/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले पछिल्लो समय आधुनिक उपचार बिधि सङ्गै आयुर्बेदिक उपचार पद्द्तिको ठुलो माग हुदै आएको र आयुर्बेदिक उपचारले जनतामा बिश्वसोनियता बढाउदै आएकोले आफुले पनि आयुर्बेदिक उपचार सेवालाइ उच्च प्राथमिकता मा राखेर काम गर्ने बताउनु भएको छ । गण्डकी आयुर्बेद अस्पतालले शनिबार पोखरा महानगरपालिका वडा न २८ मा आयोजना गरिएको १ दिने निशुल्क आयुर्बेद स्वास्थ्य शिबिरलाइ उदघाटन गर्दै गण्डकी प्रदेश सरकारको आगामि निति तथा कार्यक्रममा आयुर्बेद स्वास्थ्यलाइ आबश्यता अनुसारको बजेट बिनियोजन गरि थप प्रभावकारी बनाउन आफु पुर्ण रुपले प्रतिबद्द रहेको बताउनु भयो । आयुर्वेद उपचारले प्राकृतिक उपचारको माध्यमबाट शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलन राख्ने , शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउने र जीवनशैली सुधार गर्न मद्द्त पुर्याउने , शरीर र मनलाई सन्तुलित राख्नका लागि जडिबुटी र प्राकृतिक चिकित्सा विधिहरू प्रयोग गर्ने , जसले शरीरमा कुनै प्रकारको नकरात्मक असर नगरी उपचार गर्ने भएकाले यसको महत्व बढदै गएको मन्त्री पाठकले बताए । मन्त्री पाठकले आफुले स्वास्थ्य मन्त्रालय को जिम्मेवारि पाए सङ्गै समग्र स्वास्थ्य क्षेत्रको अध्ययन गर्ने शिलशिलामा मेडिकल साइन्सलाइ थप सहयोग पुर्याउन आयुर्बेद स्वास्थ्यले व्यक्तिगत आवश्यकता अनुसार , रोगको जड़मा स्वास्थ्यको दीर्घकालीन सम्रक्षण , मानसिक र भावनात्मक सन्तुलन गर्ने गरि उपचार गरेको पाएकाले आगामि दिनमा मेडिकल साइन्स सङ्गै आयुर्बेद र प्राकृतिक चिकित्सा प्रणाली लाइ समेत अगाडी बढाउन आफु लागेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->