आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पिएम कप खेल्न महिला टोली धनगढी प्रस्थान

पिएम कप खेल्न महिला टोली धनगढी प्रस्थान


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०८१, आइतबार

पोखरा/  प्रधानमन्त्री (पिएम) कप खेल्न गण्डकी प्रदेशको महिला टोली आइतबार धनगढीतर्फ प्रस्थान गरेको छ । पिएमकप खेल्न जाने १४ सदस्यीय टोलीलाई आइतबार प्रदेश खेलकुद परिषद गण्डकीले विदाइ गरेको छ ।
पिएम कपका लागि गण्डकीको टिममा सिर्जना पौडेल, श्रेया शाह, धनकुमारी क्षेत्री, मनिका लामिछाने, सलिना सेन, रेखा तामाङ, अपेक्षा बुढाथोकी, निरु जिटी, चन्द्रमाया बराल, आकृति तिवारी, यशोदा भुजेल, श्रेया शर्मा, जेनिसा खत्री र रिया तामाङ रहेकी छन् । यस्तै वैकल्पिक खेलाडीमा आयुष्मा चापागाईँ, सम्झना विक, प्रतिमा खड्का र रोजिता चापागाई रहेकी छन् ।

जनवरी १४ देखी २५ सम्म हुने राष्ट्रिय प्रतियोगितामा गण्डकी समुह ए मा रहेको छ । समुह ए मा गण्डकीसहित लुम्बिनी प्रदेश, कर्णाली प्रदेश,सुदुरपश्चिम प्रदेश र एपिएफ रहेको छ । यस्तै समुह बि मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब रहेको छ । गण्डकीले पहिलो खेल १५ जनवरीमा एपिएफ संग खेल्नेछ । पिएम कपका लागि पुस २२ देखी २४ गतेसम्म पोखरा क्रीकेट मैदानमा छनोट प्रतियोगिता भएको थियो । प्रतियोगितामा कास्की, स्याङजा, नवलपुर र पर्वत गरि चार जिल्लाको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा स्याङजा च्याम्पियन बन्न सफल भएको थियो । सोही प्रतियोगिताबाट पिएमकपका लागि खेलाडी छनोट गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->