बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

टाइगर कप भलिबलमा श्रीलंका र थाइल्यान्डको टोली आउने

टाइगर कप भलिबलमा श्रीलंका र थाइल्यान्डको टोली आउने


  • ढोरपाटन संवाददाता
  • माघ १ २०८१, मंगलबार

पोखरा/ यही माघ १२ गतेदेखि पोखरामा हुने पाँचौं टाइगर कप महिला तथा पुरुष आमन्त्रित भलिबल प्रतियोगिता खेल्ने टोलीहरूको टुंगो लागेको छ ।

आयोजक टाइगर ग्रुपका अनुसार महिला र पुरुष दुवैमा ६ ६ टिमको सहभागिता रहनेछ । जसमा पुरूषतर्फ श्रीलंका र महिलातर्फ थाइल्याण्डबाट १ १ टिम आउने भएका छन् । तीन विभागीय टोली एपीएफ, पुलिस र आर्मीले महिला र पुरूष दुवैमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै पुरूषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेशसँगै श्रीलंकन भलिबल टिम सहभागी हुनेछ ।

महिलातर्फ तीन विभागीय टोलीसहित न्यु डायमण्ड स्पोर्ट्स क्लब, टाईगर ग्रुप अफ पोखरा नेपाल र युनाईटेड प्यासन भलिबल क्लब, थाईल्याण्डले खेल्नेछ ।

टाईगर कपमा सहभागी हुने पुरूषतर्फका टीमहरु 
१) हेल्प नेपाल स्पोर्टस् क्लब
२) गण्डकी प्रदेश भलिबल संघ
३) श्रीलंकन भलिबल टिम
४) नेपाल पुलिस क्लब
५) त्रिभुवन आर्मी क्लब
६) नेपाल एपीएफ क्लब

टाईगर कपमा सहभागी हुने महिला टिमहरु
१) नेपाल एपीएफ क्लब
२) टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब
३) त्रिभुवन आर्मी क्लब
४) नेपाल पुलिस क्लब
५) टाईगर ग्रुप अफ पोखरा नेपाल
६) युनाईटेड प्यासन भलिबल क्लब, थाईल्याण्ड

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->