बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा

एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०८१, बिहिबार

पोखरा/ नेशनल प्याव्सनको आठौं राष्ट्रिय महाधिवेशन फागुनको दोस्रो साता काठमाण्डौमा हुने भएको छ । नेशनल प्याव्सनको पोखरामा सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद् बैठकले फागनु १६ र १७ गते आठौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

परिषद् बैठकले विधानका केही बुँदाहरूमा परिमार्जन गर्न केन्द्रीय समितिलाई अख्तियारी दिने, नेशनल प्याब्सनको विधान परिच्छेद विविध ९.१ (ग) अनुसार, राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले जानकारी दिए । उक्त समितिको संयोजकमा सुवास न्यौपाने र पाण्डव हमाल ठकुरी तथा सदस्यहरुमा याम खड्का, जयबहादुर श्रेष्ठ, राजु गुरुङ वेदप्रसाद पन्त रहेका छन् । बैठकले महाधिवेशन सुव्यवस्थित गराउन उप–समितिहरू गठन गर्ने, सदस्यता नवीकरण प्रमाणिकरण माघ महिनाभित्र गरिसक्ने र आवश्यकता अनुसार विधान परिमार्जन गर्नु परेमा, विधान परिमार्जन समिति निर्माण गरी केन्द्रीय समितिमा छलफल गराई केन्द्रीय महाधिवेशनबाट अनुमोदन गराउने निर्णय गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

नेशल प्याव्सन गण्डककी प्रदेश, कास्की र पोखरा महानगर पालिकाको स्थानिय व्यवस्थापनमा भएको राष्ट्रिय परिषद् बैठकमा देशभरबाट १ सय ८४ जनाको सहभागिता रहेको नेशनल प्याव्सनका उपमहासचिव प्रकाश चन्द्र खड्काले जानकारी दिए । उनका अनुसार बैठकमा नगरबाट अध्यक्ष वा प्रतिनिधि, जिल्ला र प्रदेशबाट अध्यक्ष, उपाध्यक्ष सचिव र कोषाध्यक्ष तथा केन्द्रीय समितका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । बैठकमा केन्द्र, प्रदेश, जिल्ला तथा नगरबाट आएका प्रतिनिधिले आ–आफ्ना धारण व्यक्त गरेका थिए । नेशनल प्याव्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपनेको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष याम खड्काले स्वागत र उपमहासचिव प्रकाश चन्द्र खड्काले कार्यक्रम सञ्चालन गरेका थिए।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->