म्याग्दी/भजन प्रतियोगितामा बागलुङ कालिका मन्दिर भजन समुह प्रथम म्याग्दीको सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेलामा शुक्रबार सञ्चालन गरिएको खुल्ला भजन प्रतियोगितामा बागलुङको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बागलुङ कालिका मन्दिर भजनकिर्तन समुह प्रथम भएको छ ।
सनातन धर्म, मौलिक संस्कृति,परम्परा र सभ्यताको जर्गेना गर्न विभिन्न पर्वमा गाइने कतिपय भजन लोपोन्मुख अवस्थामा पुगेपछि जर्गेना गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा द्धितिय बाह्मण समाज म्याग्दी भएको संघका प्रथम उपाध्यक्ष एवम् प्रतियोगिताका संयोजक लिलाराम गौतमले बताए । प्रतियोगितामा प्रथम, द्धितियले क्रमश २० हजार १ सय, १० हजार १ सय नगद, प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा ११ सससभजनसमुहको सहभागिता रहेकोमा सहभागि सबैलाई प्रति समुह ३ हजार नगद र सहभागि प्रमाणपत्र प्रदान गरिएको थियो ।प्रथम हुने बागलुङ कालिका मन्दिर भजनकिर्तन समुहले पछिल्लो समय नयाँ पुस्तालाई आर्कषित गर्न विभिन्न क्षेत्रमा पुगेर प्रस्तुती दिने गरेको समुहका अगुवा संगम क्षत्रील बताए । आफ्नो धर्म, सस्कार, संस्कृति, परम्परा, पहिचान झल्कने गरी भजन किर्तन गर्दै, नाच्दै आपसमा सदभाव, शान्ति, सुखदुःख साटासाट गर्न सफल भएको अगुवा केसीको भनाई छ ।
यता म्याग्दी महोत्सवका मुल संयोजक एवम् संघका अध्यक्ष सुविन श्रेष्ठले समाजको पहिचान, संस्कृति, परम्परा, कलाको जर्गेनालाई प्राथमिकता दिएर भजनकृतन, रत्यौली रमगर समुदायको मौलिक संस्कृतिको रूपमा रहेको पुख्र्यौली नाचको संरक्षण र पुस्तान्तरणका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।
यस्तै, म्याग्दीका मगर समुदायको मौलिक संस्कृतिको रूपमा रहेको पुख्र्यौली नाचलाई संरक्षण र पुस्तान्तरण गर्न बेनीमा पुख्र्यौली नाच प्रतिस्पर्धा गराइएको छ । बेनीमा म्याग्दी उद्योग वाणिज्य सङ्घले सञ्चालन गरेको आठौँ म्याग्दी महोत्सव एवं माघे सङ्क्रान्ति मेलाको अवसरमा नेपाल मगर सङ्घको सहआयोजनामा पुख्र्यौली नाच प्रतियोगिता गरिएको हो ।
विभिन्न आठ समूहले सहभागिता जनाएको प्रतियोगितामा धौलागिरि गाउँपालिका– ३ को मुना पुख्र्यौली समूह प्रथम र अन्नपूर्ण गाउँपालिका– ८ को काफलडाँडा पुख्र्यौली समूह द्वितीय हुन सफल भएका छन् । प्रतियोगितामा विजेतालाई नगद ३५ हजार १ सय र उपविजेतालाई नगद २० हजार १ सयको साथमा प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।प्रतियोगितामा सहभागी बिम पुख्र्यौली समूह, ओखोरबोट पुख्र्यौली समूह, निस्कोट पुख्र्यौली समूह, पाखापानी पुख्र्यौली समूह, चिमखोला पुख्र्यौली समूह र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति म्याग्दीको पुख्र्यौली समूहलाई ८ हजारको दरले नगद पुरस्कारसहित प्रमाणपत्रद्वारा सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजकले जनाएका छन् ।
लोक संस्कृतिको उर्वर भूमिका रुपमा परिचित म्याग्दीमा केही वर्षअघिसम्म प्रत्यक्ष दोहोरी ओझेलमा पर्दै आए पनि यसपटकको महोत्सवमा भने सहभागीको सङ्ख्या बढेको छ भने लोकदोहोरीको रौनक बढेको छ । महोत्सवमा विभिन्न १६ समूहले प्रत्यक्ष लोकदोहोरी प्रतियोगितामा सहभागिता जनाएका छन् । जिल्लाभित्रका साथै बाहिरबाट समेत प्रत्यक्ष दोहोरीका लागि कलाकारको समूह महोत्सवमा आइपुगेका छन् । पुरानो संस्कृतिको रूपमा रहेको प्रत्यक्ष दोहोरीले महोत्सवमा आउने दर्शकको आकर्षण बढाएको छ । प्रत्यक्ष दोहोरीमा कलाकारको घम्साघम्सीले बालबालिकादेखि युवायुवती र वृद्धवृद्धाको ध्यान तानेको छ ।





