आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

दक्षिण कोरियाका राष्ट्रपतिको हिरासत अवधि २० दिन बढाइयो

दक्षिण कोरियाका राष्ट्रपतिको हिरासत अवधि २० दिन बढाइयो


  • ढोरपाटन संवाददाता
  • माघ ७ २०८१, सोमबार
फाइल तस्बिर: दक्षिण कोरियाका राष्ट्रपति युन सुक योल

काठमाडौं /महाभियोगका कारण निलम्बनमा परेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलको हिरासत अवधि बढाइएको छ। सियोल अदालतका एक न्यायाधीशले वारेन्ट जारी गरी योललाई अनुसन्धानकर्ताहरूले थप २० दिनसम्म हिरासतमा राख्न सक्ने अनुमति दिएका हुन्।

युन सुक योललाई गत बुधबार पक्राउ गरिएको थियो। गत वर्ष डिसेम्बरमा युन सुक योलले देशमा मार्सल ल अर्थात् सैन्य शासन लगाउने घोषणा गरेका थिए। तर चर्को विरोध भएपछि ६ घण्टामै उनी त्यो निर्णय फिर्ता लिन बाध्य भएका थिए।

त्यसपछि युन सुक योलविरुद्ध संसद्‌बाट महाभियोग प्रस्ताव पारित गरी पदबाट निलम्बन गरियो। युनविरुद्ध देशद्रोहको आरोपमा अनुसन्धान पनि भइरहेको छ। युनलाई अब राष्ट्रपतिमा राख्ने कि नराख्ने भन्ने निर्णय गर्न संवैधानिक अदालतले महाभियोगको सुनुवाइ गरिरहेको छ। फैसला आइसकेको छैन। यस कारण युन सुक योल प्राविधिक रूपमा अझै दक्षिण कोरियाको राष्ट्रपति नै छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->