पोखरा/पोखरा ११ स्थित पूmलवारी क्लबले शहीद दिवसको अवसरमा खुल्ला रक्तदान कार्यव्रmमको आयोजना गर्यो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकालले पहिलो रक्तदाता रामचन्द्र वास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरी समुदघाटन गरे । त्यहाँ ८८ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकाल, पोखरा ११ का वडा अध्यक्ष प्रेमप्रसाद कर्माचार्य,पूmलबारी पार्कमा क्लबका अध्यक्ष मनोज बास्तोला,सचिव युवराज बास्तोला, उपाध्यक्ष जनार्दन बास्तोला, कार्यक्रम संयोजक सविना बास्तोला आचार्यलगायतको उपस्थिति थियो ।





