बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सहकारीद्वारा निशुल्क स्वास्थ्य शिविर

सहकारीद्वारा निशुल्क स्वास्थ्य शिविर


  • ढोरपाटन संवाददाता
  • माघ २० २०८१, आइतबार

पोखरा/ दर्शन बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा रिजनल हस्पिटल प्रा.लि. जिरो कि.मी. पोखराको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल ठकुरी संगम परिवार कास्कीको प्राङ्गणमा सम्पन्न कार्यक्रममा रिजनल हस्पिटलका डाक्टर तथा प्राविधिकहरुको सहयोगमा मुटु रोग, प्रसुती तथा स्त्रीरोग, सुगर, प्रेसर, ल्याब, ईको, इसिजि सेवा निशुल्क प्रवाह गरिएको थियो ।

स्वास्थ्य शिविरमा अतिथिहरु ठकुरी महिला परिवार कास्कीको अध्यक्ष सरस्वती हमाल, ठकुरी भूपू परिवार कास्कीको पुर्व अध्यक्ष फमसिंह, ठकुरी युवा परिवार कास्कीको अध्यक्ष रमेश हमाल, रिजनल हस्पिटल प्रा.लि.को अध्यक्ष सबिन अधिकारी लगायतको उपस्थिति रहेका थियो ।
यसै गरी रिजनल हस्पिटलबाट बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. मनोज कोइरालाको नेतृत्वमा बरिष्ठ स्त्रीरोग तथा प्रसुती रोग बिशेषज्ञ डा. तारा गुरुङ शाही, वरिष्ठ कन्सल्टेन्ट फिजियोथेरापिष्ट डा. शुरेश पहारी सहित १० जनाको नेतृत्वमा स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल ठकुरी संगम परिवार कास्की अध्यक्ष यामबहादुर हमालले वर्तमान अवस्थामा केहि सहकारी संस्थाहरुमा समस्या देखा परेको छ तर समुदायमा आधारीत संस्थाहरु वलिया मात्र होईनन् सवै कुरामा सक्षम पनि छन भन्ने कुरा यो संस्थाले प्रमाणित गरेको बताए । उनले सामुदायिक उत्तरदायित्व अन्तर्गत संस्थाले गरेका कामकारवाहीको प्रशंसा पनि गरे । बरिष्ठ मुटु रोग बिशेषज्ञ डा. मनोज कोइरालाले संस्थाले सामुदायिक उत्तरदायित्व अन्तर्गतको स्वास्थ्य शिविर कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजाराम शाहीको अध्यक्षतामा सम्पन्न स्वास्थ्य शिविर कार्यक्रममा जम्मा ७० जना सदस्यहरुले स्वास्थ्य सम्बन्धी विभिन्न सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->