सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पुस्तकालय समाज जागरणको एउटा विद्रोह : थापा

पुस्तकालय समाज जागरणको एउटा विद्रोह : थापा


  • ढोरपाटन संवाददाता
  • माघ २१ २०८१, सोमबार

बागलुङ/श्रीपञ्चमी पर्वको अवसरमा विद्यामन्दिर पुस्तकालयले आफ्नो ७८ औं स्थापना दिवश मनाएको छ । २००३ सालमा ओमप्रसाद गौचन र मेघकुमार बैद्यले स्थापना गरेको पुस्तकालय अहिलेको डिजिटल अवस्थामा आइपुगेको छ ।
पुस्तकालय स्थापना दिवश तथा सम्मान कार्यक्रम उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले पुस्तकालय समाज जागरणको एउटा विद्रोह भएको बताए । उनले राणा कालमा पुस्तकालय खोल्ने हिम्मत र समाजलाई जागरण ल्याउने काम महान भएको भन्दै उक्त पुस्तकालयलाई जोगाएर अहिलेको आधुनिक अबस्थामा ल्याउने काम गर्ने सामाजिक अगुवाहरु समेत सम्मानित भएको बताए ।
पुस्तकालयले स्थापना दिवशको अवसर पारेर ६० वर्षअघिका अध्यक्षहरुलाई सम्मान समेत गरेको थियो । पूर्व अध्यक्ष गंगा कसजु र शत्रुध्न श्रेष्ठलाई सम्मान गरेको हो । समन्वय प्रमुख थापाले दुवैजनालाई दोसल्ला ओडाएर सम्मान गरे । उक्त अबसरमा पुस्तकालयलाई अक्षयकोष र अन्य सहयोग गर्नेदातालाई पनि सम्मान गरियो । साथै पुस्तकालयका आजिवन सदस्यहरु समेत सम्मानित भए ।
उक्त अबसरमा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले पुस्तकालय पढ्ने पाठक घटेको भन्दै अबका बालबालिकालाई नैतिक शिक्षा र पुस्तकालय अध्ययनमा लगाउनु पर्ने बताए । कार्यक्रममा पूर्व अध्यक्षहरु तथा सम्मानित गंगा कसजु र धत्रुध्न श्रेष्ठले त्यो बेलाको पुस्तकालयको महत्वबारे प्रकाश पारे । साथै पुस्तकालयले बागलुङका जनतामा राजनीतिक चेतना, साहित्यीक धारणा र सामाजिक विकास गरेको बताए ।
पुस्तकालयका अध्यक्ष राम थापा अबिरलको अध्यक्षता, सचिव राजनकुमार शर्माको संचालन र उपाध्यक्ष रामचन्द्र शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुभाष आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
पुस्तकालयका पूर्व अध्यक्ष तथा सामाजिक अभियान्ता श्याम श्रेष्ठले स्थापना गरेको शिसिर हेमन्त स्मृति कोषबाट बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरियो । त्यस्तै सोही अबसर पारेर पुस्तकालयले अक्षरआरम्भ तथा सरस्वती पूजा कार्यक्रम पनि सम्पन्न गरेको थियो । आइतबार मात्रै पुस्तकालयले बाल पुस्तकालय पनि स्थापना गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->