
पोखरा/ पाठेघरको मुखको क्यान्सर रोग बिरुद्धको एचपीभी खोप अभियान शुरु भएको छ ।
पोखरा १७ को पार्दी माबीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्यकर्मीलाइ भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर अभियानको सुरुवात गरे । प्रदेशका २५०४ खोप केन्द्रबाट १ लाख ५ हजार ४७९ जना १० देखि १४ वर्षसम्मका किशोरीलाइ खोप लगाइने प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले बताए । कक्षा ६ देखि १० सम्मका छात्रा र सो उमेरका बिध्यालय नजाने किशोरी अभियानमा सहभागी हुनेछन ।

खोपको शुभारम्भ गर्दै मन्त्री पाठकले खोपको प्रभावकारिता बिश्वासनिय रहेकाले अभियानमा सहभागी हुन आग्रह गरे । जनताको स्वास्थ्यप्रती सरकार संवेदनशील रहेको उनले बताए । कास्की जिल्ला समन्वय समिती तथा जिल्ला खोप समन्वय समितिका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पान्डेले पनि बोलेका थिए ।





