सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सैद्धान्तिक ज्ञानसहित विद्यार्थीहरूलाई व्यावहारिक सिप आवश्यक : मन्त्री पाठक

सैद्धान्तिक ज्ञानसहित विद्यार्थीहरूलाई व्यावहारिक सिप आवश्यक : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • माघ २६ २०८१, शनिबार

बागलुङ/गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले व्यावहारिक सिपसहित विद्यार्थीहरुलाई अध्यापन गराउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । सैद्धान्तिक ज्ञानसहित विद्यार्थीहरूलाई व्यावहारिक सिप पनि सिकाउनुपर्नेमा मन्त्री पाठकले जोड दिए ।
रेश नुन्थला माध्यमिक विद्यालयको ६९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दै मन्त्री पाठकले सरकारको लगानी अनुसार सामुदायिक विद्यालयमा शैक्षिक उपलब्धि हासिल हुन नसकेको गुनासो गर्दै उच्च उपलब्धि हासिल गर्न सामुदायिक विद्यालयले ध्यान दिन मन्त्री पाठकले अनुरोध गरे । विद्यार्थीहरूले सूचना प्रविधिमा विकसित प्रविधिलाई आत्मसाथ गर्नसमेत उनको जोड थियो ।
मन्त्री पाठकले स्वास्थ्य शिक्षा र विकास निर्माणका कार्यमा स्थानीय जनप्रतिनिधिसँग आवश्यकताका आधारमा सहकार्य गरेर आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । प्रदेशमा स्वास्थ्य क्षेत्रमा भौतिक उपलब्धि भएपनि दक्ष जनशक्ति तथा प्रविधि र उपकरणको व्यवस्थापन हुन नसकेको बताउँदै मन्त्री पाठकले आफ्नो कार्यकालमा त्यो पूरा गर्ने प्रतिरोद्धा व्यक्त गरे ।
वार्षिक उत्सव समारोहमा काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की, काठेखोला गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेमबहादुर लामिछाने, नेपाल रेडक्रस सोसाइटी बागलुङका पूर्व सभापति जब्बरबहादुर लामिछाने, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष डीलबहादुर कार्की, नेकपा एमाले काटेखोला गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र गौतम, नेपाली कांग्रेस काठेखोला गाउँपालिका वडा नम्बर ७ का पूर्व सभापति प्रेमबहादुर कार्की, विद्यार्थी दीक्षा कुँवर लगायतले बोलेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न अक्षयकोषबाट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रदान गरिएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थी मीना थापा (कक्षा १२), उत्कृष्ट अभिभावक रिता जिसी कुँवर र उत्कृष्ट शिक्षक शंकर थापालाई सम्मानित गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र कार्कीको अध्यक्षता, सहायक प्रधानध्यापक भगवती थापाको स्वागत तथा शिक्षक डिलबहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->