शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

स्थानीयको प्रतिरोधपछि घोसरदुममा अनुगमन

स्थानीयको प्रतिरोधपछि घोसरदुममा अनुगमन


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८१, आइतबार
स्याङ्जा/ अवैधरुपमा ढुङ्गा गिट्टीको ओसारपसार भएको वालिङ् नगरपालिका–१२ घोसरदुममा प्रशासनले अनुगमन गरेको छ । सडक निर्माण तथा कालोपत्रेका नाममा निर्माण कम्पनी टुण्डी आरएस जेभिले सडक बनाउन भन्दा पनि ढुङ्गा गिट्टी निकासी गरेपछि स्थानीयले प्रतिरोध गरेका थिए ।
प्रतिरोध गर्ने स्थानीयलाई ठेकेदारले धम्क्याएपछि  जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला वन कार्यलय र सडक डिभिजन कार्यालयको टोली घोसरदुम पुगेको हो । स्थानीयलाई धम्क्याउने ठेकदार पक्षलाई अब आईन्दा यस्तो भाषा र धम्की दिए कानुन बमोजिम कारबाही अगाडि बढाउने माफी सहित चेतावनी दिएको थियो । सार्वजनिक वन अतिक्रमण गरी लाखौंको ढुङ्गा गिटी निकासी गरिएको बिषयमा स्थानीयले विरोध जनाउदै आएका छन् ।
ठेकदार कम्पनीले सरोकार नभएको क्षेत्रबाट केही मान्छेलाई प्रभावमा पारेर लाखौंको डुङ्गा, गिटी अर्को ठाउँमा निकासी गरेको स्थानीय विनोद थापाले बताए । यसको बिरोध गर्दा आफुहरुलाई मारेर पुरिदिनेसम्मको धम्की दिइएको उनको भनाई छ । प्रशासनको टिमले न्याय दिनुको सट्टा ठेकदारसँग मिलापत्र गरेको र काम ठिक छ भनेर नभने पनि ठेक्का रोकिन सक्ने भनेर थम्काउने काम गरेको दुखेसो उनले गरे ।
निर्माण कम्पनीले वालिङ हुवास रोडको भु्रमे –अरचलबोट– तमादी– डुम्रेभञ्ज्याङ– बानिडाडाँ हुदै सेतिबेनी जाने सडक २०७९ बैशाख ६ गते तीन बर्षमा कालोपत्रे गर्ने गरी २० करोड २८ लाख नौ हजार ५०१ रुपियाँ छ पैसामा सम्झौता गरेको थियो । अनुगमन पश्चात ढुङ्गा गिटी निकासी तत्कालका लागि रोकिएको छ भने प्रशासन, बन कार्यालयले मुद्धा चलायर कानुनी प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->