सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आशा जगाउने शिक्षा चाहिन्छ : सुवेदी

आशा जगाउने शिक्षा चाहिन्छ : सुवेदी


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०८१, सोमबार

बागलुङ/गण्डकी प्रदेशसभाका सदस्य डिल्लीराम सुवेदीले अहिलेका विद्यार्थीमा आशा जगाउने शिक्षा र सीप चाहिएको बताएका छन् । उनले समाजमा बढेको चरम निराशालाई विद्यार्थीबाट बचाउनु पर्नेसमेत बताए ।
जैमिनी नगरपालिका ३ को नेपानेमा रहेको भरतपुरी माविको ७२ औं वार्षिकोत्सवको उद्घाटन गर्दै सुवेदीले विद्यार्थीमा रहेका खुबीको खोजी गर्ने शिक्षकको आवश्यकता औंल्याए ।
विद्यालयदेखि नै बालबालिकालाई स्थानीय उत्पादन उपभोगमा पनि चासो बढाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा उपस्थित भएका अतिथिलाई विद्यालयले स्थानीय उत्पादनको रुपमा भट्ट र भाँगो उपहार दिएको थियो । जैमिनी नगरपालिका वडा नं. १ का वडाध्यक्ष कृष्ण भुजेलले वडाले विद्यालय र अभिभावक जोड्ने गरी नीति तथा कार्यक्रम बनाएको र त्यसले शैक्षिक सिकाइ र गुणस्तरीय शिक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।
गाजा दह परोपकारी संस्थाका अध्यक्ष सुर्जबहादुर थापाले बुबाआमाको नाममा ७५ हजार रुपैयाँको विद्यालयमा मोतीरत्न स्मृति कोष स्थापना गरेका छन् । ७२ औं वाषिकोत्सवको अवसरमा आयोजित बालमैत्री स्थानीय शासन प्रतिभा पहिचान कार्यक्रम संचालन भयो ।
वार्षिकोत्सवमै आयोजित विद्यालयस्तरीय भलिबल प्रतिायोगितामा भरतपुरी मावि पहिलो, शिवालय आधारभूत दोस्रो, भरतपुरी मावि तेस्रो सम्झौता बाल क्लबले सान्त्वना स्थान प्राप्त गरेका छन् ।विद्यालयले शिक्षक दिलमाया पुन, लक्ष्मी पुन, विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष गिरबहादुर पुन, गाजा दह परोपकारी संस्थाका अध्यक्ष सुर्जबहादुर थापा (खुसिमान) र पत्रकार दीलिप प्रतेललाई सम्मान ग¥यो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ज्ञानबहादुर छन्त्यालले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य शिक्षक देविकुमारी केसीले गरेकी थिइन् । कार्यक्रममा वडा अध्यक्ष विष्णु आचार्य, शिवालय आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम छन्त्याल, गाजा दह परोपकारी संस्थाका अध्यक्ष सुर्जबहादुर थापा (खुसिमान) र बाल क्लबका अध्यक्ष लिला थापाले मन्तव्य व्यक्त गरेका थिए । विद्यालयका प्रअ हेमलाल पौडेलले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->