आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा भट्टराई निर्वाचित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा भट्टराई निर्वाचित


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १ २०८१, बिहिबार
डा. बाबुराम भट्टाराई

काठमाडौँ/  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पहिलो महाधिवेशनबाट अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । भट्टराइले अध्यक्षका अर्का प्रत्यासी नेत्र चापागाईंलाई पराजित गरेका हुन् ।

यसअघि २ उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो । निर्वाचन परिणाम भने केही समयपछि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने उक्त पार्टीले जनाएको छ । गत आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । यसअघि महाधिवेशनको बन्दसत्रबाट भट्टराईले पेस गरेको राजनीति तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->