पोखरा/ देशभरका महानगरपालिकाहरुको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा महानगरपालिका ९३ दशमलव ५ प्रतिशत अंकसहति उत्कृष्ट बन्न सफल भएको छ ।
सघीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा पोखरा उत्कृष्ट बन्न सफल भएको हो । ८२. ७५ प्रतिशत अंकसहित काठमाडौं महानगरपालिका दोस्रो स्थानमा रहेको छ ।
महानगर कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण कर्मचारीको प्रयासले सफलता हासिल गरेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए । उनले कर्मचारी, नागरिक तथा सरोकारवालालाई धन्यवाद पनि दिएका छन् । कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाको सेवा प्रवाह, पारदर्शिता, दिगोपन कार्यहरुका आधारमा मूल्यांकन गरिएको थियो ।





