सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

देउराली आधारभूत विद्यालयको ४ कोठे भवन उद्घाटन

देउराली आधारभूत विद्यालयको ४ कोठे भवन उद्घाटन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ३ २०८१, शनिबार

बागलुङ/पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले शैक्षिक क्षेत्रहरु भौतिक पूर्वाधारमा अब्बल बन्दै गएकोले अब गुणस्तर बढाउनुपर्ने आवस्यकतो औल्याएका छन् । बागलुङ नगरपालिका वडा नं. ४ को ओडारचौरमा निर्माण भएको देउराली आधारभूत बिद्यालयको ४ कोठे भवन उद्घाटन गर्दै उनले शिक्षाको गुणस्तर बढाउन नसके लाखौं करोडौं खर्चेका भवनको उपलब्धी नहुने बताए ।
राष्ट्रपति शैक्षिक सुधार परियोजनामार्फत दुइ वर्ष अघिको ५० लाख लगानीबाट विद्यालय भवन निर्माण भएको हो । हालै निर्माण सम्पन्न भएपछि विद्यालय भवन उद्घाटन गरिएको हो । शिक्षा मन्त्री हुँदा पौडेलले विद्यालयको भवनकालागि रकम बिनियोजन गराएका थिए । उनले पछिल्लो समय विद्यालयहरु खाली भएकोले गुणस्तर बढाउने र बालबालिकालाई सामुदायिक विद्यालयमा टिकाउने वातावरण थाल्नुपर्ने बताए । त्यसकालागि अभिभावक र शिक्षकहरु सक्रिय बन्नुपर्ने आवस्यकता पनि उनले औल्याए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, वडा नं. ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्री, नगर शिक्षा अधिकृत पूर्ण बहादुर घर्ति, पूर्व अध्यक्ष धु्रब केसी, पूर्व शिक्षक रामबहादुर केसी, नेपाल पत्रकार महासंघका सचिव नारायण रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालय निर्माणमा भूमिका खेलेका अभिभावक र पूर्व शिक्षकलाई उक्त अबसरमा सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बिष्णुकुमारी शर्माको अध्यक्षता, प्रकाश शर्माको संचालनमा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक शान्ति आचार्यले प्रगती प्रतिवेदन समेत पेश गरेकी थिइन् । विद्यालय २०५१ सालमा स्थापना भएको थियो । २०७२ को भुकम्पपछि भवन चर्केको र पुरानो भवन भएकोले नयाँ निर्माण गरिएको अर्का शिक्षक उमाकान्त शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->