बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सिद्धार्थ क्लबको रक्तदानमा ६५ यूनिट संकलन

सिद्धार्थ क्लबको रक्तदानमा ६५ यूनिट संकलन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन ५ २०८१, सोमबार

पोखरा/सिद्धार्थ क्लब पोखराले प्रादेशिक रक्त संचार सेवा, पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा ६५ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले कार्यक्रम संयोजक सुनिल श्रेष्ठलाई ब्लड व्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुभारम्भ गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि देवकृष्ण पराजुलीले सिद्धार्थ क्लबका कार्यक्रमहरुको प्रशंसा गर्दै क्लबका सामाजिक कार्यक्रमहरुमा वडा कार्यलयको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । साथै उनले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
यसैगरी क्लबका सल्लाहकार समिति संयोजक पार्वती माकाजूले मानवीय सेवा भाव सहित घुम्ती रक्तदान गर्दै रक्तदान कार्य सुरु गरेको सिद्धार्थ क्लबले धेरै संघ संस्थाहरुलाई रक्तदान गर्न प्रेरित गरेको चर्चा गरिन् ।
समाजमा रगतको आवश्यकता भएको बेला रगत अभावकै कारणले हुन सक्ने मानवीय क्षतिलाई न्यूनिकरण गर्ने उद्येश्य राखी क्लबले स्थापना काल २०४१ साल देखीनै नियमित तथा आकस्मिक रक्तदान कार्यक्रम गर्ने गरेको जानकारी गराउँदै सभाध्यक्ष देवेन्द्र पराजुलीले सहयोगी, शुभचिन्तक एवं रक्तदान गर्ने सम्पूर्ण दाताहरुलाई धन्यबाद दिए ।
संयोजक सुनिल श्रेष्ठले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव प्रमोद नारायण श्रेष्ठले सञ्चालन गरेक थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->