बागलुङ / बडिगाड गाँउपालिकाका वडा नं. ९ मा पिकअप जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । गाँउपालिकाका पालिका हवलदार कमल रानाका अनुसार ७५ वर्षिय खड्क बहादुर कुँवरको ज्यान गएको हो ।
घाईते कुँवरको बुर्तिबाङ अस्पतालमा उपचारको क्रममा ज्यान गएको रानाले बताए । यस्तै, ३५ वर्षिय जुना कँडेलको अवस्था गम्भिर छ भने दुर्घटनामा घाईते ६३ वर्षिय तेज कुमारी बुढालाईलाई थप उपचारको लागि पोखरा रिफर गरिएको छ ।
बडिगाड गाँउपालिका ७ भिमगिठेबाट खहरे जाँदै गरेको पिकअप जिप आज साँझ सार्कीपाटा घुम्तीमा दुर्घटना भएको हो । घटनामा घाईते अन्य चार जनाको भने बुर्तिबाङ अस्पतालमा उपचार भईरहेको छ । घटनाको कारण खुलेको छैन ।





