बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मगर स्थापना दिवसका अवसरमा तनहुँका सबै १० वटै पालिकामा सार्वजनिक बिदा

मगर स्थापना दिवसका अवसरमा तनहुँका सबै १० वटै पालिकामा सार्वजनिक बिदा


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १३ २०८१, मंगलबार

तनहुँ  / ४३ औं मगर दिवसका अवसरमा तनहुँका सबै १० वटै स्थानीय तहले फागुन १५ गते विहीबार सार्वजनिक बिदा दिने भएका छन् । स्थानीय बिदाअन्तर्गत जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।  २०३९ साल फागुन १५ गते तनहुँको सदरमुकाम दमौलीमा नेपाल लांघाली परिवार संघको स्थापना भएको दिनलाई मगर संघले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । उक्त दिन पालिकाअन्तर्गतका वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक(, तथा सम्पूर्ण सार्वजनिक सघसंस्था बन्द रहनेछन् ।

२०४८ को चौथो महाधिवेशनले ‘‘नेपाल लांघाली परिवार संघ’ लाई नाम परिवर्तन गरी  ‘नेपाल मगर संघ’ बनाइएको थियो । मगर दिवसका अवसरमा मगर संस्कृति झल्काउने भेषभूषा, झाँकीसहित बृहत् र्‍याली र परम्परागत सोरठी, कौडा, सालैजो, घाटु नाच र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->