सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

न्यू एभरेष्ट एकेडेमीमा एसईई दिने विद्यार्थीलाई बिदाई

न्यू एभरेष्ट एकेडेमीमा एसईई दिने विद्यार्थीलाई बिदाई


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १७ २०८१, शनिबार

बागलुङ/आगामी चैतको दोस्रो साता सञ्चालन हुने एसईई परीक्षामा सहभागि हुने विद्यार्थीलाई न्यू एभरेष्ट एकेडेमी बागलुङले बिदाई गरेको छ । विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीको आयोजनामा उनीहरुलाई सफलतासहित बिदाई गरिएको हो ।
एसईई परीक्षामा सफलताको शुभकामना दिएर सहभागि हुने विद्यार्थीहरुलाई बिदाई गरिएको प्रधानाध्यापक कृष्ण अधिकारीले बताए । ‘विद्यालयको उच्च गरिमालाई निरन्तर उचाइमा पुर्याउन विद्यार्थीहरुले सधैं सफलता प्राप्त गरेका छन् । यस शैक्षिक सत्रका विद्यार्थीहरुले पनि विद्यालय र आफ्नो लागि थप मेहेनत गर्न प्रेरणा प्रदान गरेर बिदाई गरियो’ अधिकारीले भने ‘फेरी भेट्ने गरी विद्यार्थी परीक्षाको तयारीमा लाग्ने छन् ।’ यो वर्ष एईईमा सहभागि हुने १५ जना विद्यार्थीको बिदाई गरिएको हो ।
विद्यालयका शिक्षकहरु माधव चापागाईं र कृष्ण आचार्यले शैक्षिक सफलताको शुभकामना व्यक्त गरे । डेभिस क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुभेच्छा गौतम र आशिष खड्काले स्वागत मन्तव्य र खुशी गुरुङको समूहले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
बागलुङ नगर बाल सञ्जालकी अध्यक्ष एवं कक्षा ९ की छात्रा अनुषा कँडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा बिदाई भएका विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । गत वर्ष जिल्लामा नै उत्कृष्ट नतिजा ल्याउने विद्यालय बनेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->