बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बन्चरो प्रहारबाट तनहुँमा महिलाको हत्या

बन्चरो प्रहारबाट तनहुँमा महिलाको हत्या


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८१, बुधबार

दमौली/ बन्चरो प्रहार गरी महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको ब्यास नगरपालिका–९ का ३० वर्षीय शिव शंकर भनिने शंकर कुमाल छन् । उनलाई जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो ।

उनले व्यास–९ कुमालगाउँका ६६ वर्षीया बिष्णुमाया कुमालको हत्या गरेको तनहुँका सूचना अधिकारी राजु अधिकारीले बताए । बुधबार बिहान साढे ७ बजेतिर विष्णुमाया आफ्नै घरमा मृत भेटिएकी थिइन् ।

शिव शंकरले बन्चरो प्रहार गरेर उनको हत्या गरेको प्रहरीले जनाएको छ । उनीविरुद्ध तनहुँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->