बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जंगली च्याउ खाँदा तनहुँमा १० जना बिरामी

जंगली च्याउ खाँदा तनहुँमा १० जना बिरामी


  • ढोरपाटन संवाददाता
  • चैत्र २ २०८१, शनिबार

पोखरा/ जंगली च्याउ खाँदा तनहुँमा १० जना बिरामी भएका छन् । उनीहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बिरामी पर्नेहरुमा ब्यास–६ बस्ने बर्ष ६३ को गुरुबहादुर पुलामी, उनका ३१ वर्षीय छोरा सुरेन्द्र पुलामी, म्याग्दै–६ सर्वलाङका ३० वर्षीय नारायण मगर, उनकी २३ वर्षीया श्रीमती पवित्रा, गुरुबहादुरको ज्वाई ४२ वर्षीय लितबहादुर थापा, सर्वलाङकै ३६ वर्षीय केशव पुलामी, ६५ वर्षकी सीता पुलामी, ४ वर्षीय सुमीत पुलामी, ६६ वर्षका चक्रबहादुर पुलामी र १८ वर्षकी आरती पुलामी रहेका छन् ।

उनीहरुलाई वान्ता हुने, पखाला लाग्ने र रिंगटा लाग्ने लक्षण देखिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार तनहुँको म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरले सोही स्थानको बारीमा उम्रेको जंगली च्याउ चैत १ गते दिउँसो टिपेका थिए । उक्त च्याउ ब्यास नगरपालिका–६ शान्तीटोल बस्ने नारायणको मामा गुरुबहादुर पुलामीको घरमा ल्याई पकाई खाँदा उनीहरु बिरामी परेका हुन् । सबै बिरामीलाई शनिवार बिहान उपचारका लागि प्रदेश अस्पताल दमौलीमा ल्याइएको छ । घटना सम्बन्धमा थप अनुशन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->