पोखरा/ पोखराको प्रस्याङमा रहेको निसन्तान दम्पतीको लागि सन्तान दिने साहारा इन्टरनेशनल फर्टिलिटि सेन्टरले १० बर्षको अवधिमा ३ हजार ५ सय दम्पतीलाई सेवा प्रदान गर्दै १ हजार दम्पतीलाई सन्तान दिन सफल भएको छ ।
फर्टिलिटि स्थापनाको १० बर्ष पुरा भएको अवसरमा शनिवार पोखरामा आयोजना गरिएको कार्यक्रममा फर्टिलिटिका अध्यक्ष एबम सञ्चालक डाक्टर गिरधारी शर्माले उक्त कुरा बताएका हुन् । स्थापनाकालमा चुनौति बढि भएको बताउदै शर्माले अहिले संस्थाप्रति जनताको विश्वास बढेको र निशन्तान दम्पतीको लागि सपना सकार पार्ने थलो रहको उल्लेख गरे । फर्टिलिटि नेपाल सोसाइटिका अध्यक्ष डाक्टर भोला रिजालले ४० बर्षदेखि निःसन्तानको सेवामा लागेको बताए । उनले समाजमा अहिले पनि निःसन्तान हुनुमा महिलालाई बढि दोष लाग्ने गरेको बताउदै अहिले भने आईभिएफ सेन्टरले त्यो अवस्था चिर्न सफल भएको जनाए ।
गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम बिष्टले पोखरा शहर स्वास्थ्य क्षेत्रको हव भएको बताए । उनले यस्ता सस्था स्थापनाले सन्तानको चाहाना राख्ने निःसन्तान दम्पत्तीको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डाक्टर बुद्धिबहादुर थापाले पोखरामा अस्पताल स्थापनाको इतिहास बताउदै समिति स्रोतसाधन हुँदा पनि स्वास्थ्य सेवा प्रदान गरिएको बताए । उनले अहिले भने पोखरामा अत्याधुनिक सेवा प्रदान गर्ने ल्यावसहितका अस्पताल रहेको बताउदै निसन्तान दम्पतीकोे लागि सन्तान दिएर फर्टिलिटिले स्वास्थ्यको क्षेत्रमा ठुलो योगदान पु¥याएको उल्लेख गरे । कार्यक्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर भरतबहादुर खत्री, समाजसेवी तथा उद्योगी डोलराज शर्मा, अफिन गण्डकीका अध्क्षय कपिल पोख्रेल, डाक्टर मदन खड्का लगायतले बोलेका थिए ।





