बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा जंगली च्याउ खाएर बिरामी भएका एकको मृत्यु

तनहुँमा जंगली च्याउ खाएर बिरामी भएका एकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८१, मंगलबार

पोखरा/ तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा जंगली च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गत शुक्रबार स्थानीय बारीमा उम्रिएको जंगली च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ । प्रहरीका अनुसार सोमबार मृत्यु भएका नारायणले नै स्थानीय बारीमा उम्रिएको जंगली च्याउ टिपेका थिए । उक्त च्याउ ब्यास नगरपालिका–६ शान्तीटोल बस्ने नारायणको मामा गुरुबहादुर पुलामीको घरमा ल्याई पकाई खाँदा १० जना बिरामी परेका थिए । बिरामी पर्नेहरुमा ६३ वर्षका गुरुबहादुर पुलामी, उनका ३१ वर्षीय छोरा सुरेन्द्र पुलामी, ३० वर्षीय नारायण मगर, उनकी २३ वर्षीया श्रीमती पवित्रा, गुरुबहादुरको ज्वाई ४२ वर्षीय लितबहादुर थापा, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षकी सीता पुलामी, ४ वर्षीय सुमीत पुलामी, ६६ वर्षका चक्रबहादुर पुलामी र १८ वर्षकी आरती पुलामी रहेका छन् ।
उनीहरुलाई वान्ता हुने, पखाला लाग्ने र रिंगटा लाग्ने लक्षण देखिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->