आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

लमजुङका ३ क्याम्पसमा नेविसंघ विजयी

लमजुङका ३ क्याम्पसमा नेविसंघ विजयी


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८१, मंगलबार

लमजुङ/ लमजुङको २ वटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघ बिजयी भएको छ ।सुन्दरबजार नगरपालिका–९ भोटेओडारस्थित भक्ति आदर्श बहुमुखी क्याम्पस र वडा नं. ७ सुन्दरबजारस्थित मातृभूमि बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी भएको हो । यसैगरी मध्यनेपाल नगरपालिका–३, सोतीपसलस्थित मंगला क्याम्पसमा नेविसंघको प्यानलै सर्वसम्मत भइसकेको छ ।

मंगलबार भएको मतदानमा भक्ति आदर्श क्याम्पसमा ८१ मत खसेकोमा नेविसंघका उम्मेदवार सुशील अधिकारी ४९ मतका साथ सभापतिमा निर्वाचित भए । अनेरास्ववियुका उम्मेदवार रजिना घलेले ३२ मत पाए । सचिवमा नेविसंघका अर्पणा अधिकारी ४६ मतका साथ विजयी भइन् । अनेरास्ववियुका अनिशा सुनारले २९ मत र अखिल (क्रान्तिकारी) का प्रमिला रेग्मीले ३ मत पाइन् ।

मातृभूमि क्याम्पसमा कूल ७५ मत खसेकोमा सभापतिमा विजयी नेविसंघका विशाल थापाले ५५ मत पाए । अनेरास्ववियु उम्मेदवार मन्दिरा सार्कीले १९ मत पाए । सचिवका उम्मेदवार नेविसंघका सरला अधिकारी ४६ मतका साथ विजयी भए । अनेरास्ववियुका उम्मेदवार सृजना सार्कीले २६ मत पाए ।

सदरमुकाम बेंसीसहरमा रहेको मर्स्याङ्दी बहुमुखी क्याम्पसमा कुल ५ सय ४९ मतदाता रहेकोमा ४ सय १३ मत खसेको छ । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा कुल ४ सय ७३ मतदाता रहेकोमा सतप्रतिशत मत खसेको छ । मध्यनेपाल नगरपालिका ४, दुइपिप्ले रम्घास्थित पुष्पलता जनएकता क्याम्पस र वडा नं. ६, भोर्लेटारस्थित ईशानेश्वर क्याम्पसमा चुनावी प्रक्रिया नै अघि बढेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->