शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

गण्डकीका ३ जिल्लाका प्रजिअ फेरिए

गण्डकीका ३ जिल्लाका प्रजिअ फेरिए


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०८१, बुधबार

काठमाडौँ / गृह मन्त्रालयले ७ प्रमुख जिल्ला अधिकारीसहित ११ सहसचिवको सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट बुधबार उनीहरूको सरुवा भएको हो ।

सरुवाको सूची अनुसार बागलुङको प्रमुख जिल्ला अधिकारीमा कुमानसिंह गुरुङ खटाइएको छ । यसअघि गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका सचिव रहेका गुरुङको हालैमात्र गृह मन्त्रालयमा सरुवा भएको थियो । बागलुङका नेत्रप्रसाद सुवेदीको गृह मन्त्रालयमा सरुवा भएको छ । यसैगरी नवलपुरको प्रजिअमा भविश्वर पाण्डे पठाइएको छ । यसअघिका अरुण पोखरेललाई गुहमन्त्रालयमा तानिएको छ । त्यस्तै पर्वतको प्रजिअमा हरिप्रसाद घिमिरे तोकिएका छन् । पर्वतका प्रजिअ केदारनाथ शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ । घिमिरे यसअघि उदयपुरको प्रजिअ थिए ।

यसैगरी सहसचिवहरू दिलकुमार तामाङ कपिलवस्तु, प्रेमप्रसाद लुइटेल उदयपुर, आनन्द सारु अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्वराज अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ । सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य मन्त्रालय तानिएका छन् । गृहका जगदिश्वर उपाध्यायको सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->