बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी प्रदेश अन्तरगतका सबै प्रादेशिक अस्पतालहरुको स्तरेन्नति गरिन्छ– स्वास्थ्य मन्त्री पाठक

गण्डकी प्रदेश अन्तरगतका सबै प्रादेशिक अस्पतालहरुको स्तरेन्नति गरिन्छ– स्वास्थ्य मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८१, बिहिबार

पोखरा/ गण्डकी प्रदेशका स्वास्थमन्त्री कृष्ण पाठकले प्रदेश अन्तरगतका सबै अस्पतालहरुको स्तरोन्नति गरिने बताएका छन । सांसदहरुले शुन्य समय, विशेष र आकस्मिक समयमा उठाएका प्रश्नहरुको आजको प्रदेशसभा बैठकमा जवाफ दिदै मन्त्री पाठकले यस्तो बताएका हुन ।

राज्यको आधारभूत स्वास्थसेवा अन्तर्गत जनताले निशुल्क पाउनुपर्ने ९८ प्रकारका औषधी अस्पतालहरुमा नपाईने भन्ने सांसदहरुको प्रश्नमा यो बिषय ३ तहको सरकारहरुको आवस्यक सहकार्यको अभावमा सिर्जना भएकाले आगामी दिनमा तिनै तहका सरकारहरुको सहकार्यमा हल गरिने मन्त्री पाठकले बताए । अस्पतालहरुको सेवाप्रवाहमा ढिलासुस्ती भएको प्रश्नबारे उनले आगामी दिनमा यसो हुन नदिन मातहत अस्पतालहरुलाई कडाईकासाथ निर्देश गरिएको जनाए । साथै स्वास्थ्य बिमाका बिरामीहरुलाई अस्पतालहरुले प्राथमिकता नदिने भन्ने विषयमा उनले यो हल्लामात्र भएको भने । ‘कहीँकतै यस्तो भएको पाईए सम्बन्धित पक्षलाई कारवाही गरिनेछ’, पाठकले भने ।

अस्पतालहरुको स्तरोन्नतिबारे ढोरपाटनको टेलिफोन संवादमा अब गण्डकी प्रदेश सरकार मातहतका सबै अस्पतालहरुको स्तरउन्नति हुने जस अन्तरगत धौलागिरी प्रादेशिक अस्पताललाई ५० शैयाबाट १०० शैया, मध्यबिन्दु प्रादेशिक अस्पताल नवलपुरलाई १५ शैया बाट १०० शैया, मातृशिशु मितेरी अस्पताललाई २५ शैयाबाट ५० शैया बनाइने उनले बताए । यसैगरी दमौली प्रदेश अस्पताललाई १५ शैया, पर्वत प्रदेश अस्पताललाई १५ शैयाबाट ५० शैया, स्याङ्जा प्रदेश अस्पताललाई १५ शैयाबाट ५० शैया, मुस्ताङ प्रदेश अस्पताललाई १५ शैयाबाट २५ शैया र मनाङ प्रदेश अस्पताललाई १५ शैयाबाट २५ शैयाबाट २५ शैयामा स्तरगउन्नति गरिने मन्त्री पाठको भनाई थियो । यी अस्पतालहरुको स्तरउन्नतिको प्रस्ताव हिजोमात्र मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र अर्थमन्त्रालयमा दर्ता भएको पनि उनले जनाए । स्तरउन्नति पश्चात धौलागिरी र मध्यबिन्दु अस्पतालमा प्राविधिक बिषय अध्यापन गराउनेतर्फ प्रदेश सरकारको सोचरहेको समेत मन्त्री पाठकले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->