सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सुत्केरीलाई पोषण र सरसफाई सामग्री सहयोग

सुत्केरीलाई पोषण र सरसफाई सामग्री सहयोग


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८१, बिहिबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. २ ले गत साउनयता सुत्केरी भएका महिलालाई पोषण, सरसफाइ सामग्री र विभिन्न अत्यावश्यक वस्तु सहयोग गरेको छ । शहरी स्वास्थ्य प्रवद्र्दन केन्द्रमार्फत वडा नं. २ मा स्थायी बसोबास गर्ने र अस्थायी बसोबास गर्नेलाई पोषण र स्वास्थ्य तथा सफाइको सामान दिएको हो ।

वडा अध्यक्ष सुरज बोसेलले लक्षित समुदायलाई अत्यावश्यक सामग्री हस्तान्तरण गरे । केन्द्रले सुत्केरीका लागि एक÷एक क्रेट अण्डा, साबुन, मञ्जन, दाँत माझ्ने ब्रस हस्तान्तरण गरेको हो । गर्मी मौषममा बढ्ने डेंगीलगायतको रोगबाट बचाउन झुल पनि बितरण गरिएको हो । यो सहयोगले सुत्केरीले पोषण सेवा पाउने उनले बताए ।

साथै, बालबालिका र सुत्केरीलाई लामखुट्टेबाट सर्ने रोग नलागोस् भनेर यो साथ दिइएको केन्द्रकी प्रमुख शकुन्तला थापाले बताइन् । बिहीबार ७ जना सुत्केरीलाई सामग्री दिएर अभियान थालिएकोमा वडाभरका सबै लक्षित समूहलाई भेटेर सामाग्री दिने योजना छ । यो अभियानका लागि वडा कार्यालयले तत्कालका लागि ५० हजार बजेट विनियोजन गरेको बोसेलले जानकारी दिए । सामाग्री पाएका सुत्केरीहरुले पनि पोषण र स्वास्थ्य सेवाका लागि सहयोग मिलेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->