बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शनिबार रेडियो अन्नपूर्णको रक्तदान

शनिबार रेडियो अन्नपूर्णको रक्तदान


  • ढोरपाटन संवाददाता
  • चैत्र १४ २०८१, बिहिबार

पोखरा/रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यहीं चैत १६ गते शनिबार हुने बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रेडियोका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लका अनुसार रेडियोले २३ औं पटक रक्तदान गर्न लागेको हो ।

रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरू गठन गरेर तयारी अगाडि बढाइरहेको कार्यक्रमका संयोजक आरजु बिष्ट ‘सल्यानी’ले बताए । उनले शनिबार बिहान ७ बजेबाट रेडियोको प्राङ्गणमा आयोजना हुने रक्तदान कार्यक्रममा सहभागी बन्दै रेडियोको अभियानलाई साथ दिनका आग्रह समेत गरेका छन् ।

स्थापना कालदेखि हालसम्म ७ हजार ७ सय ३ युनिट रगत सङ्कलन गरिसकेको प्रचारप्रसार संयोजक राजाराम पौडेलले जनाए । गत वर्षको संस्करण २ सय ७ युनिट रगत संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->