बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्वास्थ्य सेवा सुदृढ गर्न अस्पतालहरुको स्तरोन्नति : मन्त्री पाठक

स्वास्थ्य सेवा सुदृढ गर्न अस्पतालहरुको स्तरोन्नति : मन्त्री पाठक


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०८१, शनिबार

तनहुँ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालहरुको स्तरोन्नति अपरिहार्य रहेको बताएका छन् । आँबुखैरेनी गाउँपालिकाको तनहुँमा रहेको आँबुखैरेनी अस्पतालमा फिजिओथेरापी सेवाको उद्घाटन गर्दै मन्त्री पाठकले भने, ‘गुणस्तरिय स्वास्थ्य सेवा दिन अस्पतालहरुको सुदृढीकरण गर्न अस्पतालहरुको स्तरोन्नति अपरिहार्य छ ।’

अब प्रदेश मातहतका सबै अस्पतालहरुलाई आफ्नै आम्दानीको श्रोतबाट चल्न सक्नेगरी सुदृढ गर्न गण्डकीको स्वास्थ्य मन्त्रालयले तयारी गरिरहेको समेत मन्त्री पाठकले जानकारी दिए । प्रदेश मातहतका सबै अस्पतालहरुको वार्षिक आमदानी करिब ७० करोड हुने गरेकोमा अब गरिने स्तरोन्नति पश्चात आम्दानी तिनगुना वृद्वि हुने पनि उनको भनाई थियो । अब स्थानीय तहमा संचालित अस्पतालहरुले पनि आफ्नै आम्दानीको श्रोतबाट चल्न सक्नेगरी योजना बनाउनुपर्ने पाठकको आग्रह थियो ।

आँबुखैरेनी अस्पतालले ओपिडी, इमर्जेन्सी, डेन्टल, ल्याव, एक्सरे, डायलायसिस, आँखा उपचार, रक्त संचार, फिजिओथेरापी लगाएतका सेवाहरु संचालन गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->