शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अर्जुनचौपारीमा कफी कृषकलाई अनुदान

अर्जुनचौपारीमा कफी कृषकलाई अनुदान


  • अर्जुन काफ्ले
  • चैत्र २२ २०८१, शुक्रबार

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकामा कफी उत्पादक किसानलाई प्रति किलोग्राम १५ को दरले अनुदान दिने भएको छ ।

अर्जुनचौपारी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमअनुसार अनुदान उपलब्ध गराइने प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिए ।

किसानलाई व्यवसायिक कफी उत्पादनमा अग्रसर गराउन एवं आर्थिक राहत प्रदान गर्न अनुदान दिन लागिएको हो । अनुदानले आगामी दिनमा कफी उत्पादन वृद्धिमा सहयोग गर्ने विश्वास पालिकाको रहेको छ । कफी सङ्कलन गर्ने व्यवसायी÷संकलकलाई पनि प्रतिकेजी दुई रुपियाँ दिने पादिलकाको तयारी रहेको छ ।

अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पालिकामा वार्षिक ११ टनभन्दा बढी कफी उत्पादन हुने गरेको बताउँदै कफीको राम्रो सम्भावना भएकाले कृषकलाई व्यावसायिक बनाउन एवं कफी खेती तर्फ प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान दिन लागिएको बताए ।

अनुदान प्राप्त गर्न इच्छुक किसानहरूले आवश्यक कागजातहरू संलग्न गरी सूचना प्रकाशन भएको मितिले १५ दिन समयभित्र आवेदन दिन भनिएको छ ।

निवेदन दिनका लागि वडा कार्यालयको सिफारिस पत्र, कृषि सहकारी संस्थामा दर्ता प्रमाणपत्र, प्यान दर्ता र कर चुक्ताको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।

कृषि सहकारी संस्थाले उत्पादनमा आधारित कार्यक्रम सहयोगको निर्णय प्रतिलिपि पनि आवेदनका साथ संलग्न गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->