आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

भानुमार्ग टोल बिकास संस्थामा पुरन गुरुङ्ग

भानुमार्ग टोल बिकास संस्थामा पुरन गुरुङ्ग


  • ढोरपाटन संवाददाता
  • चैत्र २५ २०८१, सोमबार

पोखरा/ भानुमार्ग टोल बिकास संस्थाको अध्यक्षमा पुरन गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । पोखरा– १० रामघाटमा रहेको टोल बिकास संस्थाको शनिबार सम्पन्न एघारौं वार्षिक साधारण सभा एवं पाँचौ अधिवेशनबाट गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

संस्थाको उपाध्यक्षमा कालिदास शर्मा सुबेदी, सचिवमा रामप्रसाद भुसाल, सहसचिवमा अक्षय गौतम र कोषाध्यक्षमा अनु (सुकमाया) श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरूमा सुकदेब उपाध्याय, लक्ष्मी गौतम र सुमन श्रेष्ठ चयन भएको संस्थाले जनाएको छ । संस्थाको साधारणसभा एवं अधिबेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका १० का वडा सदस्य पुर्णचन्द्र न्यौपानेले टोल बिकास संस्थाहरु स्थानीय तह र अझ वडा कार्यलयको लागि जनता सम्म पुन्ने सेतु रहेको भन्दै टोलको बिकासका लागि खबरदारी र समन्वय गर्न यस्ता संस्थाको अपरिहार्यता रहेकोमा जोड दिए । भानुमार्ग टोल बिकास संस्थाको तर्फबाट बोल्दै कालिदास सुबेदीले आफ्नो टोलमा भएका गतिविधि र संस्थाले गरेका कामको बिषयमा बारेमा प्रकाश पारेका थिए ।

भानुमार्ग टोल बिकास संस्थाका अध्यक्ष निर्मला कार्की भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डाक्टर तारा पौडेल, कुमानसिंह गुरुङ लगायतले आफ्ना भनाई राख्नु भएको थियो । संस्थाका उपाध्यक्ष पुरन गुरुङ्गले स्वागत गरेको कार्यक्रमको संचालन सचिब रामप्रसाद भुसालले गरेको गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->