बागलुङ/प्रेस काउन्सीले नेपालका मुख्य अधिकृत झविन्द्र भुषालले नेपाल पत्रकार महासंघ, बागलुङ र जिल्लाका संचार माध्यमको अनुगमन गरेका छन् । अनुगमनको क्रममा उनले स्वरोजगारमूलक संचार माध्यमको बिकासमा काउन्सिल सहयोगी बन्ने बताए ।
सोमबार बुर्तिवाङ स्थित ढोरपाटन एफएम र रेडियो परिवर्तन तथा गलकोट एफएम लगायतको अनुगमन गरेको बताए । महासंघमा आकस्मिक रुपमा उपलब्ध पत्रकारको भेटमा भुषालले पत्रकारितालाई अनुगमन गर्ने संस्था भएपनि सबलीकरणमा पनि साथ दिने बताए । आचारसंहिता उलंघनका घटना बढ्दै गएपनि बागलुङका संचार माध्यमहरु त्यो बर्गमा नपरेको समेत उनले उल्लेख गरेका थिए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष सिर्जना पन्तले भुषाललाई स्वातग गरिन् । साथै कार्यक्रममा महासंघ र जिल्लाका संचार माध्यमको अवस्थाबारे पन्तसहित सचिव नारायण रिजाल र कोषाध्यक्ष खेमराज गौतमले जानकारी गराए । बागलुङमा नियमित प्रकाशित पत्रपत्रिकालाई पनि हेर्ने दृष्टीकोण सकारात्मक बनाउन सहभगिले भुषाललाई आग्रह गरेका थिए ।
आचारसंहिता अनुगमन बढाउन, संचारकर्मीलाई आवस्यक प्रशिक्षण दिन र संचार माध्यमको सवलीकरणमा पनि साथ दिन पत्रकारले सुझाव दिएका थिए । भुषालले आगामी दिनमा औपचारिक कार्यक्रम मार्फतपनि पत्रकार र संचार माध्यममा जोडिने प्रतिवद्दता जनाए ।





