सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

ताराखोला ३ का वडा अध्यक्ष मृत फेला

ताराखोला ३ का वडा अध्यक्ष मृत फेला


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०८१, बुधबार

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष मृत भेटिएका छन् । ताराखोला गाउँपालिका वडा नं. ३ काँक्राखोर बस्ने ५० वर्षिय कर्णबहादुर भण्डारी मृत अवस्थामा भेटिएका हुन् ।
भण्डारी घरदेखि ५० मीटर उत्तरमा रहेको गोठमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा गएको टोलीले मृतकको उद्दार गर्नुको साथै थप अनुसन्धान शुरु गरेको बताएको छ ।
बिहान साँढे ११ बजे भण्डारी मृत भेटिएका थिए । गत स्थानीय निर्वाचनमा भण्डारी वडा अध्यक्षमा निर्वाचित भएको थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->