बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँको आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा, वार्षिक र भर्ना शुल्क पनि निःशुल्क

तनहुँको आँबुखैरेनीमा पढ्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा, वार्षिक र भर्ना शुल्क पनि निःशुल्क


  • ढोरपाटन संवाददाता
  • चैत्र २७ २०८१, बुधबार

तनहुँ/ जिल्लाको आँबुखैरेनी गाउँपालिकाका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क स्वास्थ्य सेवा दिइने भएको छ । विद्यालय समय वा विद्यालय पोसाकमा रहेका विद्यार्थीको निःशुल्क उपचार गर्ने निर्णय भएको पालिका अध्यक्ष शुक्र चुमानले जनाएका छन् ।

चुमानका अनुसार ‘विद्यार्थीलाई गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पतालबाट उपलब्ध हुने सम्पूर्ण सेवा निःशुल्क उपलब्ध गराउने निर्णय भएको छ । यसैगरी पालिकाभित्रका सबै विद्यालयमा वार्षिक शुल्क र भर्ना शुल्क लिन नपाउने गरी निर्णय गरिएको छ । गाउँ शिक्षा समितिको बैठकले पालिकाभरिका कुनैपनि संस्थागत तथा सामुदायिक विद्यालयमा वार्षिक शुल्क नलिन उर्दी जारी गरेको छ । नयाँ विद्यार्थी बाहेक अन्य विद्यार्थीलाई भर्ना शुल्क पनि लिन नपाउने गरी निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

पालिकाले २ वर्षदेखि शैक्षिक सुधार अभियान सञ्चालन गरेको छ । विद्यार्थीलाई विद्यालय अपायक भए बस उपलब्ध गराउनेदेखि निःशुल्क रुपमा ट्रयाकसुट वितरण, शैक्षिक सामग्री र पुराना डेस्कबेञ्च हटाउने काम गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->