पोखरा/पोखराको नदिपुरमा रहेको माउन्ट अन्नपूर्ण माविका कक्षा १२ अन्तरर्गत होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका विद्यार्थीलाई बुधबार बिदाई गरिएको छ ।
कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो । कक्षा ११ का विद्यार्थी र विद्यालयको संयोजनमा भएको कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष सुरज प्रकाश प्रधानाङ्गले उदघाट्न गरेका थिए ।
उक्त अवसरमा बोल्दै प्रधानाङ्गले विद्यार्थी बिदाई भएर गएपनि उनीहरु विद्यालयको हिस्सा भएको बताए । उनले आगामी दिनहरुमा पनि विद्यार्थीसंग सहकार्य गर्ने बताउँदै उज्जवल भविष्यको कामना गरे ।
विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट दुबै व्यवहारिक विषय भएकोले यसैको जगमा उभिएर स्वरोजगार बन्न सक्ने शैक्षिक मार्ग रोज्नु पर्ने सुझाव दिए ।
विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेज बहादुर गुरुङले विद्यार्थीले गरेको सामाजिक काम र अतिरिक्त क्रियाकलापमा देखाएको उर्जा र हात पारेको उपलब्धीले विद्यालयलाई ठुलो योगदान पुगेको बताए ।
कक्षा ११ का विद्यार्थीे छात्रा एड्रिना गुरुङले भविश्य उज्जवल बनाउनका लागि अग्रजले देखाएको बाटोले आगामी पुस्तालाई सहज हुने बताइन् । उक्त अवसरमा कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन पनि प्रदान गरेका थिए ।





