शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पोखरासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा

पोखरासहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा


  • ढोरपाटन संवाददाता
  • चैत्र २८ २०८१, बिहिबार

पोखरा/ पश्चिमी र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभावले देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज बिहानै २ बजेदेखि पोखरामा चट्याङ, असिनासहित पानी परेको थियो । वायू प्रदुषण बढेका बेलाको वर्षाका कारण ठूलो राहत मिलेको छ । आज दिउसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम आज राति पनि जारी रहनेछ ।

देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने देखिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->