बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो


  • ढोरपाटन संवाददाता
  • चैत्र २९ २०८१, शुक्रबार

पोखरा/१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।

बिहीबारसम्म करिव ४५ हजारले महोत्सव अवलोकन गरेकोमा एक हजार २ सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्येसबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाइ छ ।

आलु खरिद गर्नकै लागि त्यहाँ पोखरालगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् ।

बिहीबार साँझसम्म १३ लाख बढीको आलु कारोबार भएको छ । प्रतिकेजी ४२ रुपैयाँमा आलु बिक्री गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->