स्याङ्जा/पुतलीबजार नगरपालिकाले कृषकहरुलाई २५७ वटा हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले वडा नं. ३ मा ३०, वडा नं. ४ मा २८, वडा नं. ५ मा ३२, वडा नं. ९ मा ४, वडा नं. १० मा ३४, वडा नं. ११ मा ३१, वडा नं. १३ मा ४८, वडा नं.१४ मा ५० वटा हाते ट्याक्टर किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको हो ।
वडाका कृषकको माग बमोजिम कृषी यान्त्रिकरण कार्यक्रम अन्तर्गत हाते ट्याक्टर वितरण गरिएको हो । नगर प्रमुख तुलसीराम रेग्मीले लाभान्वित कृषकहरुलाई हाते ट्याक्टरको भरपुर उपयोग गरी कृषीबाट उद्यमशिल र व्यवसायिक बन्न अनुरोध गरे ।
कसैको घरमा पनि यत्तिकै नराख्न आग्रह गर्दै नगर प्रमुख रेग्मीले नगरलाई कृषी क्षेत्रको यान्त्रिकरणमा अघि बढाउन यसअघि अन्य वडामा १ सय २० वटा हाते टयाक्टर बितरण गरेको बताए ।
कषकले पेट्रोलबाट चन्ने सात हेक्टरको हाते ट्याक्टर ५० प्रतिशत १३१२५ तिरेर पाएको कृषि शाखा प्रमुख अरुण रेग्मीले बताए । विगतका वर्षमा समेत २ सय ५० वटा हाते ट्याक्टर पालिकाबाट वितरण गरिएको र पहिला नलगेका र आवश्यकताको आधारमा कृषकलाई दिइएको पालिकाले जनाएको छ ।





